कोशीमा आफ्नै सरकारलाई एमालेको अनेक सुझाव

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १, बिहीबार १९:१५

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले प्रदेश सरकारलाई निर्माणाधीन आयोजनालाई प्राथमिकतामा राखेर आगामी नीति तथा कार्यक्रम तयार गर्न सुझाव दिएको छ ।

बिहीबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई  भेटेर नेकपा एमाले कोशी प्रदेश कमिटीले विकास निर्माण, रोजगारी, कृषि, स्वास्थ्य, सुशासन र स्थानीय उत्पादन प्रवद्र्धन जस्ता महत्वपूर्ण विषय समेटेर सुझाव दिएको हो ।

नेकपा एमाले कोशी प्रदेश इन्चार्ज तथा संस्थापक मुख्यमन्त्री शेरधन राईले प्रदेशको समृद्धि र विकाससँग जोडिएका आयोजना अघि बढाउन सुझाव दिएको  बताए ।

एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको कोरिडरमा पर्ने ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र पाँचथरका मुख्य शहर तथा बजार केन्द्रहरुलाई समेट्ने गरी प्रत्येक जिल्लामा कम्तिमा पाँच पाँचवटा वटा योजना ल्याउन सुझाव दिएको एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताए ।

प्याज, लसुन, बेसार, खुर्सानी र टमाटरजस्ता मसलाजन्य खाद्य वस्तुहरुमा प्रदेशलाई आत्मनिर्भर बनाउने उद्देश्यले स्थानीय तहसँगको सहकार्यमा “उत्पादनमा जोडौं सबै घर, सबै घरलाई बनाऔं आत्मनिर्भर” अभियान सञ्चालन गर्न सुझाव दिएको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.