धान गोड्दै गर्दा करेन्ट लागेर मंगलको मृत्यु

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १, बिहीबार १९:२६

विराटनगर । धान गोड्दै गरेका बेला करेन्ट लागेर धनकुटामा बिहीबार १ जना वृद्धको मृत्यु भएको छ ।

धनकुटा नगरपालिका–८ शिवबेँसीका ६८ वर्षीय मंगलसिंह राईको मृत्यु भएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार खेतमा धान गोड्दै गर्दा माथिबाट अचानक विद्युतको तार खसेर लाग्दा राईलाई दिउँसो ३ बजेतिर करेन्ट लागेको थियो ।

करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको खनालले बताए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.