अख्तियारको फन्दामा इन्जिनियर

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २, शुक्रबार ०७:२८
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

काठमाडौं । सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर सन्तोषकुमार यादवलाई घुसबापत लिएको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

महोत्तरीको भंगहा नगरपालिका–२ घर भइ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्दै आएका यादव ५ लाख ७० हजार घुससहित अख्तियारको फन्दामा परेका हुन् । मध्यपुर ठिमी–१ स्थित एउटा रेस्टुरेन्टबाट उनी बिहीबार पक्राउ परेको अख्तियारले जनाएको छ ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो । खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीमा विभिन्न बहाना बनाएर दुःख दिने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गर्न अख्तियारको टोली गएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.