सगरमाथा आरोहणमा गएका भारतीयसहित २ जनाको मृत्यु

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २, शुक्रबार ११:१०

काठमाडौं । एक जना भारतीय आरोहीको सगरमाथा क्षेत्रमा मृत्यु भएको छ । सगरमाथा आरोहण गर्ने क्रममा भारत, पश्चिम बंगालका सुब्रत घोषको मृत्यु भएको हो ।

‘स्नोइ होरिजन ट्रेक्स’ का प्रबन्ध निर्देशक बोधराज भण्डारीका अनुसार सगरमाथाको हिलारी स्टेपभन्दा केही तल पुग्दा उनको बिहीबार मृत्यु भएको हो ।

४५ वर्षीय घोष गाइडहरुसहित आरोहणमा गएका थिए । उनलाई लेक लाग्ने लक्षण ‘अल्टिच्युड सिकनेस’ देखिएको भण्डारीले बताए ।

उनका गाइड चम्पल तामाङ उक्त क्षेत्रबाट फर्किएर घटनाबारे जानकारी दिएका हुन् । यसैगरी, मे १४ का दिन अर्का आरोही ४५ वर्षीय फिलिप सान्टियागोको पनि सगरमाथा आरोहणका क्रममा मृत्यु भएको थियो। उनी फिलिपिनी नागरिक हुन् ।

पर्यटन विभागका सूचना अधिकारी लीलाधर अवस्थीका अनुसार केही आरोह र गाइडहरु हराइरहेको सूचना आएकाले उनीहरुको खोजी भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.