नगर प्रमुखद्वारा नियमविपरीत कर्मचारीलाई काज फिर्ता पठाउन पत्र

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २, शुक्रबार १३:४१

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत एक कर्मचारीलाई कानुन विपरीत काज फिर्ता गराउन पत्र काटेका छन् ।

नगर प्रमुख बस्नेतले अख्तियारमा कार्यरत पाँचौँ तहकी कर्मचारी अम्बिका दाहाल ओझालाई तत्काल काज फिर्ता गर्न मागसहित बिहीबार अख्तियारलाई पत्र पठाएका हुन् ।

कर्मचारी सरुवा, बढुवा वा फिर्ताका लागि सम्बन्धित कार्यालयका कर्मचारी तहबाट पत्र आदानप्रदान हुनुपर्नेमा नगर प्रमुख बस्नेतले सिधै आफैंले हस्ताक्षर गरेको पत्र पठाएर काज फिर्ता गर्न भनेका हुन् ।

नगर प्रमुख बस्नेतले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नगरपालिकाको आर्थिक प्रशासन शाखालाई जानकारी गराएका छन् ।

उनले काज फिर्ता माग गरिएकी नासु दाहाललाई एक वर्षमा तीन महिना भन्दा बढी काजमा बस्न नपाउने कानुनको दायरामा पर्ने भन्दै तत्काल फिर्ता गर्न भनेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.