मोरङको कटहरीमा मेसिनले च्यापिएर कामदारको मृत्यु

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २, शुक्रबार १७:१५

विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ मा मेसिनले च्यापिएर १ जना कामदारको आज (शुक्रबार) मृत्यु भएको छ ।

प्रहरीका अनुसार क्वालिटी चेम साबुन उद्योगमा काम गर्ने अन्दाजी ४० वर्षीय भीम राजवंशीको मृत्यु भएको हो । उनको ठेगाना खुल्न बाँकी रहेको जनाइएको छ ।

काम गर्ने सिलसिलामा मेसिनले च्यापिएर अपराह्न ४ बजेतिर उनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.