लिम्बू समुदायको मौलिकताः चोःलुङ पार्क (फोटो फिचर)

Share this
732shares
मुलुकी खबर
सुजाता लिम्बू
clock२०८२ जेठ ३, शनिबार १०:२९

विराटनगर । लिम्बू समुदायको संस्कृति र परम्परासँग जोडिएको चोःलुङ पार्क पछिल्लो समय आकर्षणको केन्द्र बन्दै गएको छ। यो पार्क तेह्रथुमको लालीगुराँस नगरपालिका–३ मा पर्छ।

लिम्बू समुदायको संस्कृतिसँग जोडेर ढुङ्गा प्रयोग गरेर बनाइएको यो पार्कमा घुम्न का लागि दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

लिम्बु भाषामा ‘चो’ को अर्थ लक्ष्य र ‘लुङ’ को अर्थ ढुङ्गा हुन्छ ।  लिम्बू जातिको जन्मदेखि मृत्युसम्म ढुङ्गाको प्रयोग गर्ने परम्परा यहाँ पुगेपछि विशेष रूपमा देखिन्छ ।

चोलुङ पार्कमा ढुङ्गाले बनेका विभिन्न संरचनाहरू, युमा सङ्ग्रहालय, देवारी घर, र श्रीजंगा पुस्तकालय जस्ता ऐतिहासिक र सांस्कृतिक संरचनाहरू रहेका छन् ।

पार्कले लिम्बू सभ्यताको पुनरुत्थान गर्दै आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षित गरेको छ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.