
विराटनगर । मधेस प्रदेशको सिराहा बरियारपट्टी गाउँपालिका –३ बाट १ जना चिनियाँ नागरिकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ ।
चिनियाँ नागरिकसँगै पक्राउ परेका २ जना नेपाली नागरिकलाई एसएसबीले नियन्त्रणमा लिएर छाडेको छ ।
चिनियाँ नागरिक यू सिचाओ र २ नेपालीलाई एसएसबीले शुक्रबार दिउँसो नियन्त्रणमा लिएको थियो ।
दुवै नेपालीलाई शुक्रबार राति छाडिएको छ भने चिनियाँ नागरिकलाई एसएसबीले नियन्त्रणमै राखेको बताइएको छ ।























