हुरीले उडायो अस्पतालको छाना

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेष्ठ ३, शनिबार १३:४३

विराटनगर । खोटाङको साकेला गाउँपालिकामा आधारभूत अस्पतालको प्रसूति गृहको छाना हावाहुरीले उडाएको छ । शुक्रबार रातिको हावाहुरीले अस्पतालको छाना उडाएको हो ।

साकेला गाउँपालिका–२ रतन्छास्थित आधारभूत अस्पतालको प्रसूति गृह सञ्चालन गरिएको भवनको जस्ताले छाएको छाना उडाएको हो ।

Advertisement

गाउँपालिका अध्यक्ष रविप्रकाश राईका अनुसार क्षतिको विवरण आइसकेको छैन । यसबारे प्राविधि सहितको टोलीले अध्ययन गरिरहेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.