सर्पले टोकेर सुनसरीमा महिलाको मृत्यु

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३, शनिबार १५:३४

विराटनगर । सुनसरीमा सर्पले टोकेर १ जना महिलाको मृत्यु भएको छ । कोशी गाउँपालिका–२ लौकहीका रञ्जीत साहकी पत्नी (श्रीमती) २४ वर्षीया आशादेवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार आफ्नै परालको माचामा पराल लिन जाँदा साहलाई शुक्रबार अपरान्ह १२ बजेतिर सर्पले बायाँ खुट्टामा डसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई कुन सर्पले टोकेको भनेर यकिन भइसकेको छैन ।

सर्पले टोकेर घाइते भएकी साहलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइयो । नोबेल पुर्याउनसाथ दिउँसो २ः२० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।

कानुनी प्रक्रिया पूरा गरेर मृतकको शवलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी खतिवडाले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.