वैदेशिक रोजगारीमा जानेलाई एकै दिनमा श्रम स्वीकृति दिइने

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३, शनिबार १५:४९

काठमाडौं । रोजगारीका लागि विदेश जानेहरूका लागि एकै दिनमा श्रम स्वीकृति दिने तयारी भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आगामी सोमबारदेखि एकै कार्यदिनमा श्रम स्वीकृति दिने तयारी गरिएको हो ।

विभागका अनुसार यसका लागि वैदेशिक रोजगार सूचना प्रणालीको क्षमता विकास गरिएको छ । अहिले वैदेशिक रोजगार विभागमा दैनिक १५ देखि १८ सय युवाले श्रम स्वीकृति लिने गरेका छन् । विभागको सफ्टवेयरले राम्रोसँग काम नगर्दा आलोचना हुने गरेको थियो ।

विभागले वैदेशिक रोजगारीमा अनधिकृत व्यक्ति तथा संस्थाको संलग्नता समेत रोक लगाउने बताएको छ । शैक्षिक परामर्शदाता, गेस्ट हाउस तथा ट्राभल एजेन्सीले कानुनविपरीत वैदेशिक रोजगारीमा श्रमिक पठाएको उजुरी विभागमा पर्ने गरेका छन् ।

वैदेशिक रोजगारीका ठगीका करिब ४३ सय उजुरी फर्स्योट प्राथमिकता रहेको विभागका अधिकारीहरूको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.