
काठमाडौं । हावाहुरीका कारण देशका विभिन्न स्थानमा ४ जनाको मृत्यु भएको छ । शुक्रबार आएको हावाहुरीका कारण २८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
हुरीका कारण कतिपय घर र सवारी साधनमा क्षति पुगेको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार मृत्यु हुनेमा कपिलवस्तुकी १४ वर्षीया शुकना केवट, बाराकी ५४ वर्षीया रम्भा देवी धानुक, नवलपरासी पश्चिमकी ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुन छन् ।
प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार हुरीले ६ वटा घर र २ वटा गोठमा पनि क्षति पुगेको छ । प्रहरीको प्रारम्भिक अनुमानअनुसार हावाहुरीले १ अर्ब ८ करोड ४४ लाख ५ सय रुपैयाँ बराबरको क्षति पुर्याएको छ।
शुक्रबार देशका विभिन्न क्षेत्रका १८ ठाउँमा आगलागी र ५९ ठाउँमा चट्याङ परेकाले प्रहरीले जनाएको छ ।

























