फाइल तस्बिरकाठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौंडेबाट बेपत्ता भएका दुई जना बालिका मृत अवस्थामा भेटिएका छन् ।
वैशाख ३० गते त्रिशूलीमा नुहाउन गएका ११ वर्षीया जेनी ढङ्गोल र ११ वर्षीया सदीक्षा राई नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार दुवै जनाको शव फेला परेको हो । सदीक्षा राईको शव धादिङको सिद्धलेक गाउँपालिका–७ स्थित आदमघाटमा बिहीबार फेला परेको थियो ।
शनिवार धादिङको गल्छी स्थित त्रिशूलीको किनारमा जेनीको शव फेला परेको नुवाकोटका एसपी दुर्गा रेग्मीले जानकारी दिए ।

























