
विराटनगर । झापामा टिपरको ठक्करबाट पति-पत्नी गम्भीर घाइते भएका छन् । जेठ ४ गते दिउँसो १२ बजे झापाको मेचिनगर नगरपालिका– १४ चन्द्रगढी-चारआली सडक खण्डको दुवागढी चाेकमा टिपरको ठक्करबाट पति-पत्नी गम्भीर घाइते भएका हुन् ।
प्रहरीका अनुसार चारआलीबाट चन्द्रगढी तर्फ जाँदै गरेको स १ क १८१ नम्बरको टिपरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १–०१– ००१८प ००७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे थियाे । ठक्करबाट मोटरसाइकल चालक मेचीनगर– १३ का ५५ वर्षीय मनप्रसाद लिम्बू र उनको श्रीमती ५२ वर्षीया टीकाकुमारी श्रेष्ठ (लिम्बू) गम्भीर घाइते भएका हुन् ।
उनीहरुलाई उपचारका लागी बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । टिपर चालक गौरिगञ्ज गाँउपालिका– १ का २६ वर्षीय विजय सरदारलाई प्रहरीले पक्राउ गरेको छ ।

























