हुम्लाको नाम्खामा पहिरो, बस्ती जोखिममा

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ४, आइतबार १९:४५

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा लेदोसहितको पहिरोका कारण बस्ती जोखिममा परेको छ । पहिरोले १५ किलोवाटको जलविद्युत् भवन, मेसिन, कुलोमा समेत क्षति पुर्याएको छ । पहिरोका कारण तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको छ ।

१ जेठको राति ११ बजेदेखि आएको पहिराले बस्ती जोखिममा परेको हो । जोखिममा रहेका ३२ जनालाई खुल्ला चौरमा त्रिपाल टाँगेर राखिएको छ । यो गाउँमा ५० घरधुरी मध्ये १८ घरधुरी अहिले बसोबास गर्दै आएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.