
काठमाडौं । चट्याङ लागेर जुम्लाको गुठीचौर गाउँपालिका– २ मा २२ वटा च्याङ्ग्रा मरेका छन् । महादेव सामुदायिक वनमा चराउन लगिएको २२ वटा च्याङ्ग्रा चट्याङ लागेर मरेका हुन् ।
गुठीचौर गाउँपालिका– २ का वडाध्यक्ष दिपबहादुर ऐडीका अनुसार हिराबहादुर ऐडीको १६ वटा र धनकृष्ण रोकायको ६ वटा च्याङ्ग्रा मरेका हुन् ।
च्याङ्ग्रा चराउन गएका हिराबहादुर ऐडी र धनकृष्ण रोकाय बेहोस भएका थिए । उनीहरुको अवस्था सामान्य छ । चट्याङबाट च्याङ्ग्रा मर्दा झन्डै ३ लाख ३० हजार मूल्य बराबरको क्षति भएको अनुमान छ ।

























