
विराटनगर । नेकपा एमालेका केन्द्रीय सल्लाहकार रमेश श्रेष्ठ कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेका छन् । इनरुवाका पूर्वउपमेयर माधव पोखरेल पनि राप्रपा नेपाल प्रवेश गरेका छन् । उनीहरुलाई सुनसरीको इनरुवामा आइतबार थापाले उनलाई स्वागत गरे ।
सभालाई सम्बोधन गर्दै थापाले आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको गुनासो गरे । कुशासन र भ्रष्टाचारको विरुद्धमा जनता जागिसकेको बताउँदै उनले आन्दोलनमा सहभागी हुन आग्रह गरे ।
























