‘धर्मलाई अपराधजन्य कार्यमा प्रयोग गर्नु हुँदैन’

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ५, सोमबार १४:५७

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताएका छन् । प्रतिनिधि सभामा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्न नहुने र धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अभिष्ट पूरा गर्ने काम गर्न नहुने उनको भनाइ थियो ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनलाई कुनै धर्म र आस्थासँग जोडेर हेर्न नमिल्ने गृहमन्त्री लेखकले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.