
विराटनगर । कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई प्रदेशस्तरीय कामकाजको भाषा बनाउने नीति लिने घोषणा गरेको छ । सोमबार कोशी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले यस्तो घाेषणा गरेका हुन् ।
हिमाली तथा पहाडी क्षेत्रका विद्यालयहरूमा भौतिक संरचना निर्माण गरिने योजना पनि नीति तथा कार्यक्रममा समेटिएको छ। प्रदेश प्रमुख खापुङले शिक्षा, भाषा र पूर्वाधारको समुचित विकासमार्फत प्रदेशको समावेशी विकास सुनिश्चित गर्ने सरकारको नीति रहेकाे छ ।

























