
विराटनगर । कोशी प्रदेशसभा बैठकमा सहभागी हुन आउँदै गरेका चार सांसद सवार सवारी र डिएसपी सवार कार दुर्घटना भएको छ । दुर्घटनाले दुवै सवारीमा क्षति पुगेको छ । गाडीमा सवारहरुको अवस्था भने सामान्य छ । नीति तथा कार्यक्रम सार्वजनिक हुने बैठकमा सहभागी हुन आउने क्रममा दुर्घटनामा परेको नेकपा एकिकृत समाजवादी पार्टीकी सांसद विद्या चाम्लिङले बताइन् ।
दुर्घटनामा परेको कारमा पाँचथरकी कांग्रेस सांसद मैया श्रेष्ठ लावती, झापाका एमाले सांसद राधाकृष्ण खनाल र नम्बरलाल धिमाल र मोरङकी नेकपा एकीकृत समाजवादी पार्टी सांसद चाम्लिङ सवार थिए । यो गाडी पाँचथरकी सांसद मैया श्रेष्ठको हो ।
‘बैठकका लागि आउँदै थियौं, हाम्रो गाडी दुर्घटना भयो,’ सांसद चाम्लिङले भनिन्, ‘जिउ दुखिरहेको अहिले अस्पताल जाँदैछौं, बैठकमा जान सकिएन ।’
उनका अनुसार पश्चिमबाट आउँदै गरेको कारसँग ठोक्किंदा गाडी सडकमा पििल्टएको थियो ।‘ पश्चिमबाट आउँदै गरेको कार डीएसपीले चलाएका रहेछने, भित्रबाट हामीले ए.. ए.. भन्दाभन्दै कारले ठोक्कायो,’ उनले भनिन्,‘ हामी ३–४ बल्ड्याङको पल्टियौं । कसरी पो बाचियो ।’
अर्को कार जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्काले चलाएका थिए । सांसद सवार गाडीका चालक भेषराज श्रेष्ठ थिए । उनीहरु सबै सामान्य अवस्थामा छन् ।
दुई वटै गाडीमा सवारको अवस्था सामान्य रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षब बेदप्रकाश जोशीले जानकारी दिए ।























