पूर्वराष्ट्रध्यक्ष  र प्रधानमन्त्रीकाे घर सरकारले संरक्षण गर्ने

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ५, सोमबार १६:०६

विराटनगर । काेशी प्रदेश सरकारले पूर्वराष्ट्रध्यक्ष  र प्रधानमन्त्रीको सम्मानार्थ जन्मस्थल र घरको संरक्षण गर्ने भएकाे छ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सोमबार प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्ताे जानकारी दिएका हुन् ।

“परिवारसँग सहकार्यमा ती विशिष्ट व्यक्तित्वहरूको ऐतिहासिक तथा सांस्कृतिक योगदानको कदरस्वरूप उहाँहरूको जन्मस्थल र घरलाई संरक्षण तथा प्रवर्द्धन गरिनेछ,” नीति तथा कार्यक्रममा भनिएकाे छ ।

प्रदेश सरकारले  अन्तरप्रदेशीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै विधायिकी तथा संसदीय अभ्यासलाई प्रभावकारी बनाउन संस्थागत क्षमता अभिवृद्धि गर्ने नीति लिएकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.