यस्ताे छ काेशीकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ५, सोमबार १६:२१

विराटनगर । काेशीकाे नीति तथा कार्यक्रम सार्वजनिक भएकाे छ । साेमबारकाे प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सरकारले नीति तथा कार्यक्रममा राष्ट्रध्यक्ष र प्रधानमन्त्री जन्थस्थल र घरको संरक्षण गर्ने याेजना समेटेकाे छ । नीति तथा कार्यक्रममा भनिएको छ,‘ कोशी प्रदेशसँग सम्बद्ध राष्ट्रिय विभूती, राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री हुनु भएका व्यक्तित्वको सम्मानार्थ परिवारसँगको सहकार्यमा उहाँहरूको जन्मस्थल र घर संरक्षणको व्यवस्था मिलाइनेछ ।’

चालु आर्थिक वर्षमा पहिलाे पटक लगानी सम्मेलन र पर्यटन वर्ष घाेषणा गरेकाे सरकारले २०८२ मा काेशी प्रदेश जलवायु सम्मेलन पनि आयाेजना गर्ने नीति लिएकाे छ ।

सरकारले मैथिली र लिम्बू भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने भएको छ ।

सबै प्रकारका विभेद र हिंशामुक्त प्रदेश निर्माण गर्ने सरकारले नीति बनाएको छ । सडक मानव मुक्त प्रदेश बनाउने सरकारको नीति छ । मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियान मार्फत स्वास्थ्य साक्षरता सञ्चालन गर्ने भएको छ ।

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रलाई “कोशी अत्यावश्यक सेवा केन्द्र ” मा रूपान्तरण गर्ने सरकारको योजना छ । यातायात व्यवस्था कार्यालयमा सुरुवात भएको विद्युतीय भुक्तानी प्रणालीलाई थप सुदृढ गर्ने सरकारको नीति छ । अगुवा कृषकलाई सम्मान गर्ने र “कृषक सबैभन्दा अगाडि” भन्ने अवधारणालाई कार्यान्वयन गर्न कृषक केन्द्रित अभियान सञ्‍चालन गर्ने नीति लिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.