
विराटनगर । सुनसरीमा अफ्रिकन स्वाइन फीभरको सङ्क्रमण फैलिएपछि बङ्गुरहरूको मृत्यु हुन थालेको छ ।
बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फीभरको सङ्क्रमणका कारण ३६ वटा बङ्गुरको मृत्यु भएको भेटेरिनरी अस्पताल सुनसरीले जनाएको छ ।
बराहक्षेत्र –१ को दियाली कृषि फार्मका २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको छ भने १७ वटाको मृत्यु भइसकेको छ ।
सोही ठाउँको बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण देखिएको छ भने ७ बङ्गुरको मृत्यु भएको छ ।
त्यस्तै, सुवास श्रेष्ठले पालेका बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको छ भने १२ को मृत्यु भएको भेटेरिनरी अस्पतालले जनाएको छ ।
स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फीभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा. मनोजकुमार महतोले जानकारी दिए ।
बराहक्षेत्रमा मात्र अहिलेसम्ममा उक्त फीभरले ३६ बङ्गुरको मृत्यु भएको छ भने ५७ वटामा अझै सङ्क्रमण रहेको छ ।
डा. महतोका अनुसार यअघि सुनसरीको दुहबी, रामधुनी र धरानमा सङ्क्रमण देखिएको थियो ।























