गभर्नर नियुक्तिबारे प्रधानमन्त्री र कांग्रेस सभापतिबीच कुराकानी

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ६, मंगलबार १४:२९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा राष्ट्र बैँकको गभर्नरबारे कुराकानी भएको जनाइएको छ ।

प्रधानमन्त्रीका सचिवालय सदस्य रामशरण बजगाईँले बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबिच भेटवार्ता भएको जानकारी दिए । भेटवार्ता विषयसूची अनुसार नभई नियमित भएको बजगाईँले बताए ।

गभर्नरमा सभापति देउवाले अर्थविद् प्रा. डा. विश्व पौडेलको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् । अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने व्यवस्था छ। तर गभर्नर सिफारिस समिति बैठक अहिलेसम्म बस्न सकेको छैन । चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.