
काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले २०८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन निरन्तर रहने दाबी गरेका छन् ।
संसद भवन नयाँ बानेश्वरमा आज (मंगलबार) सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले यस्तो दाबी गरेका हुन् । कांग्रेस–एमालेको सरकार बनाउनुको उदेश्य अझै पूरा नभएकाले ०८४ को निर्वाचनसम्मै वर्तमान गठबन्धन कायम रहने उनको भनाइ छ ।
कांग्रेस–एमाले ठुलो पार्टी भएकाले गठबन्धनमा कहिलेकाहीँ अनुकूलता र प्रतिकुलता हुने गरेको भन्दै उनले दुई दलले समान हिस्सेदारी खोज्नु स्वाभाविक भएको बताए ।
वर्तमान सरकार गलत ट्र्याकमा नरहे पनि गति बढाउन भने नसकेको भट्टराईले उल्लेख गरे । सरकारको आलोचना हुनु स्वाभाविक भएको भन्दै उनले सत्तारुढ दलकै नेताले गर्ने टिप्पणी र आलोचनाले दुई पार्टीबीचको सम्बन्ध नबिग्रियोस् भन्नेमा सचेत हुनुपर्ने बताए ।
























