
काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटलाई सर्वाेच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
आज सुनुवाइ नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

























