
काठमाडौं । सामाजिक सञ्जालमा लेखेकै आधारमा पक्राउ परेका अधिवक्ता सुजित केसीलाई सर्वाेच्च अदालतले रिहा गर्न आदेश दिएको छ ।
बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय संयोजक समेत रहेका केसीलाई रिहा गर्ने आदेश दिएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयवीरसिंह देउवाको विषयमा स्टाटस लेखेका उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो ।
सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई गैरकानुनी थुनामा राखिएको भन्दै अधिवक्ता राजकुमार श्रेष्ठले केसी शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए ।
अदालतको आदेशपछि उनी छुटेका छन् ।


























