अप्ठ्यारोमा परेकी गर्भवतीलाई सुत्केरी गराउन सहयोग गर्ने प्रहरी जवान सम्मानित

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ८, बिहीबार १२:०३

काठमाडौं । कैलालीमा बाटोमा सुत्केरी गराउन सहयोग पुर्याउने प्रहरी जवान चन्द्रिका देउवालाई प्रहरीले सम्मान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले कार्यालयमै बोलाएर नगद पुरस्कारसहित प्रशंसा पत्रले सम्मान गरेको हो ।

प्रहरी जवान देउवाले अस्ति मङगलवार बिहान कैलाली गोदावरी नगरपालिका–१ बसन्तपुरको गुह्येश्वरी टोलमा बाटोमा सुत्केरी बेथाले छट्पटाइरहेकी २४ वर्षीया चन्द्रा आचार्यलाई सुत्केरी गराएकी थिइन् ।

प्रहरी पोशाकमै सुत्केरी गराएको डिडीओ सामाजिक सञ्जालमा आएपछि उनको प्रशंसा भइरहेको छ । चन्द्रिका प्रहरी चौकी खैरानामा कार्यरत छिन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.