
काठमाडौं । शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापको खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानीमा दुर्घटना भएको छ । प्र–३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए । सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको उनले बताए ।
एम्बुलेन्समा ४ जना सवार रहेकोमा ३ जना घाइते भएको भट्टले बताए । घाइते हुनेहरूमा एम्बुलेन्स चालक रामेछापकै २४ वर्षीय सुरेश मगर, रामेछापकै ४१ वर्षीय नारायणबहादुर नेपाली र रामेछापकै ५३ वर्षीय दिलबहादुर दमाई छन् ।
उनीहरूलाई उद्धार गरी प्र–३–०१–०२३ च नम्बरको एम्बुलेन्समा उपचारका लागि धुलिखेल पठाइएको डीएसपी भट्टले बताए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

























