उदारतालाई कमजोरी नठान्न सरकारको चेतावनी

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ८, बिहीबार १८:२२

काठमाडौं । उदारतालाई कमजोरी नठान्न राजावादीलाई सरकारले चेतावनी दिएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको उदारतालाई कमजोरी नठान्न चेतावनी दिएका हुन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले राजावादीहरूलाई सभा सञ्चालन गर्ने र बोल्ने अधिकार दिइएको बताए ।

तर, सभा सञ्चालन गर्ने र बोल्न पाउने नाममा निरन्तर संविधान उलंघनको काम भइरहे सरकार टुलुटुलु हेरेर नबस्ने गुरुङको चेतावनी छ । उनले अब राजावादीको आगामी गतिविधिको आधारमा सरकारले आवश्यक कारबाही अघि बढाउने स्पष्ट पारेका छन् ।

गुरुङले संविधान विरोधी क्रियाकलाप, हत्या, हिंसा, लुटपाट एवं आगजनी गरेर सरकारलाई चुनौती दिने काम भइरहेको उल्लेख गरे । उनले राजावादीको गतिविधिलाई प्रतिबन्ध लगाउनु संवैधानिक छुट भए पनि आजको दिनसम्म प्रतिबन्ध नलगाएको उल्लेख गरे ।

जेठ १५ गते राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको ऐतिहासिक दिनलाई सरकारले भव्य रुपमा मनाउन लागेको उनले दिएका छन् । परिवर्तनका लागि महत्वपूर्ण योगदान गरेका सबै दलहरू गणतन्त्रका पक्षमा एकै ठाउँमा रहेको गुरुङको दाबी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.