
काठमाडौं । संसदीय समितिले समन्वयकारी भूमिका निर्वाह गर्दै मनसुनजन्य विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्यका लागि तयारी गर्न तीन तहकै सरकारलाई निर्देशन दिएको छ ।
आज (बिहीबार) सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले समन्वयकारी भुमिका निर्वाह गर्दै मनसुनजन्य विपद् जोखिम न्युनिकरण, विपद् प्रतिकार्यका लागि तयारी गर्न निर्देशन दिएको हो ।
समितिको तर्फबाट निर्देशन दिँदै सभापति सोनाम गेल्जेन शेर्पाले बैठकले आगलागी, भूकम्प, मनसुनजन्य विपद् लगायत भविष्यमा हुनसक्ने अन्य विपद् जोखिम न्युनीकरणका लागि तयारीमा रहन सम्बन्धित निकायलाई निर्देशन दिएको बताए ।
बैठकले जोखिम न्यूनीकरण, प्रतिकार्य र विपद् पूर्णलाभ कार्यहरु तहगत सरकार एवं अन्तरमन्त्रालय समन्वय तथा सहकार्य कायम राख्दै सामाजिक परिचालनमार्फत समेत विपद व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

























