
बैतडी । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ ।
खलंगा आसपास केन्द्रविन्दु भएर आज (शुक्रबार) बिहानका राति १ः४८ बजेतिर ५.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पका कारण सर्वसाधारण त्रसित भएका थिए । मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका हुन् ।
भूकम्पले पुर्याएको क्षतिको विवरण यकिन भइसकेको छैन । प्रहरी र स्थानीय तहको सक्रियतामा क्षतिको विवरण संकलनको काम भइरहेको छ ।

























