यस्तो छ आजको मौसम, ५ प्रदेशमा वर्षाको सम्भावना

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ९, शुक्रबार ०६:४०

काठमाडौं । मुलुकका विभिन्न ५ प्रदेशमा आज (शुक्रबार) वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी र स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायमै रहेको छ । जसका कारण मुलुकको मौसममा आंशिकदेखि साधारणतया बदली भएर वर्षाको सम्भावना रहेको हो ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।

त्यस्तै, विभिन्न प्रदेशका पहाडी भू–भागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका पहाडी भू–भागमा दिउँसो आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले उल्लेख गरेको छ ।

बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा राति आंशिकदेखि साधारणतया बदली रहने बताइएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने अनुमान गरिएको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भू–भागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने बताइएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.