हवाई इन्धन डिपो नहुँदा समस्या

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ९, शुक्रबार १२:२८

संखुवासभा । राजनीतिक दल, व्यवसायी र स्थानीयवासीहरूले संखुवासभाको तुम्लिङटार विमानस्थलमा हवाइ इन्धन डिपो स्थापना गर्न माग गरेका छन् । डिपो नहुँदा आपत्‌कालीन उडानहरू सञ्चालनका लागि समस्या हुँदै आएको छ ।

डिपो नहुँदा पर्यटक उद्धार, बिरामी उद्धार, प्रकोप पीडित तथा राहत उद्धार लगायतका लागि समस्या हुँदै आएको छ । विपद्‌को काममा तुम्लिङटार विमानस्थलमा इन्धन भर्ने सुविधा नहुँदा काठमाडौँबाट हेलिकप्टर मगाउनुपर्दा समय धेरै लाग्ने र खर्च पनि बढ्ने गरेको छ ।

कतिपय अवस्थामा मौसमको कारण काठमाडौँबाट हेलिकप्टर आउन नसक्दा बिरामी तथा सुत्केरीको ज्यान जाने अवस्था समेत जिल्लाबासीले भोग्दै आएका छन् । प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेलले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले हवाइ इन्धन डिपो राख्न अनुरोध गर्ने निणय गरेको बताए ।

डिपो स्थापनाका लागि नेपाल आयल निगम केन्द्रीय कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र पर्यटन नागरिक उड्यन मन्त्रालयमा पत्राचार गरिएको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.