
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा सुनुवाइ सकिएको छ । सुनुवाइ सकिएकाले सम्भवतः आज (शुक्रबार) नै आदेश आउनेछ ।
आज जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए ।
उनीहरुको बहसपछि वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले लामिछाने तथा सतिषकृष्ण खरेलले जोशीको तर्फबाट जवाफी बहस गरेका थिए ।
सुनुवाइ सकिएकाले अब आदेश लेखनको कार्य सुरु भइरहेको जनाइएको छ । हालसम्मका प्रक्रिया लगभग पूरा भएकाले आजै आदेश आउन सक्ने सम्भावना रहेको छ ।

























