राजावादीको प्रदर्शनका दिन सुरक्षा योजना बनाएर निगरानी गरिने

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ९, शुक्रबार १४:५३

काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले राजावादीले प्रदर्शन गर्ने भनिएको दिन जेठ १५ गते सुरक्षा योजना बनाएर अगाडि बढ्ने बताएका छन् ।

आज (शुक्रबार) प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । राजावादीहरूले जेठ १५ गते गर्ने भनिएको प्रदर्शनमा आवश्यक सुरक्षा व्यवस्था मिलाएर अघि बढ्ने उनको भनाइ छ ।

‘राजावादीहरूले गर्ने प्रदर्शनमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउँछौँ । त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरेका छौँ’ उनले भने । राजावादीहरूले गर्ने प्रदर्शनमा कुनै पनि जनधनको क्षति हुन नदिने समेत एसएसपी खनालले बताए ।

राजावादी समूहले राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेका छन् । यसअघि गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनमा एक पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.