
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय राजारानी धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर पराजुलीलाई २०८२ वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।
विभागीय मूल्य मान्यता, निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेकामा उनी उत्कृष्ट घोषित भएका हुन् ।
अस्थायी प्रहरी बिट मौनाबुधुक र इलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट पराजुलीको नेतृत्वमा खटिएको टोलीले बैशाख १५ गते चौबिसे गाउँपालिका–५ बाट ९ सय किलो भन्दा बढी गाँजा बरामद गरेको थियो ।
ना. ५ ख. ६१५७ नम्बरको ट्रकमा लोड भएको ९४६ किलोग्राम गाँजा र ट्रकमा रहेका व्यक्ति समेतलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा बुझाइ उत्कृष्ट कार्य गरेको जनाइएको छ ।
पराजलीको उक्त कार्यको उच्च मूल्याङ्कन गर्दै वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।























