ढोका थुनेर आदेश लेखनमा न्यायाधीश, बाहिर समर्थकको भिड

Share this
621shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ९, शुक्रबार २०:११

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटको आदेश आज शुक्रबार सर्वाेच्च अदालतले सुनाउदैछ ।

मंगलबारदेखि निरन्तर सुनुवाई गरेको न्यायाशीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलास सुनुवाई सकिएपछि आदेश सुनाउने भएको हो । न्यायाशीधहरु ढोका बन्द गरेर आदेश लेखनमा छन् । सर्वाेच्च अदालत परिसर बाहिर रास्वपा कार्यकर्ताको भिड लागेको छ ।

लामिछानेसहित पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा आजै आदेश आउनेछ । शुक्रबार दिउँसो खाजा समयअघि अघि नै सुनुवाइ सकिएकामा न्यायाधीशहरु अन्य सबै मुद्दा स्थगित गरेर आदेश लेखन जुटेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.