
काठमाडौं । सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ ।
न्यायाधीशहरू डा नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री लामिछानेलाई थुनामा पठाउने उच्चकाे आदेश सदर गरेकाे हाे । लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको छ ।
उनलाई गैरकानूनी थुनामा राखेको भन्दै लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालत अदालतमा रिहा गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । सोही रात प्रहरीले बूढानीलकण्ठस्थित निवासबाटै पक्राउ गरेको थियो ।

























