बेपत्ता भारतीय नागरिकको शव फेला

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १०, शनिबार १०:५३

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ खोलाको ड्यामसाइडमा डुबेर बेपत्ता भएका १८ वर्षीय सोयव अन्सारीको शव फेला परेको छ । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले अन्सारीको शव शुक्रबार दिउँसो फेला पारेको हो ।

अन्सारी जेठ ८ गते पौडी खेल्ने क्रममा पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउखोलाको ड्यामसाइडमा बेपत्ता भएका थिए । भारतको नौतुना घर भएका अन्सारी नेपाल भ्रमणको लागि आएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.