रूख कटान भइरहेकाले कोशी लोकमार्ग अवरोध

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १०, शनिबार ११:५७

विराटनगर । कोशी लोकमार्गको धनकुटा नगरपालिका-३ स्कुल डाँडा क्षेत्रमा रुख कटान भइरहेकाले केही समय आवागमन अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार आज (शनिबार) बिहानदेखि स्कुल डाँडास्थित शिलढुङ्गा सामुदयिक वनका रुख कटान भइरहेको हो । लोकमार्ग आसपास रहेका ती रुख लडेर जोखिम हुने भएपछि कटान गरिएको प्रहरीले जनाएको छ ।

कटान अवधिभर आवागमन अवरुद्ध बनेको छ । साना सवारी साधन भने वैकल्पिक बाटोबाट आउजाउ गरिरहेका छन् ।

रुख कटान भइरहेको स्थानमा धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, भीमदल गण सल्लेरीका प्रमुख सेनानी गणेश थापा, धनकुटा प्रहरी प्रमुख शरतकुमार थापा, वन कार्यालय र सामुदायिक वन समितिका प्रतिनिधिको उपस्थिति रहेको प्रहरीले जनाएको छ ।

कटान अवधिरभर डाइभर्सन बनाएर आवागमन सुचारु गर्ने प्रयास पनि भइरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.