
विराटनगर । सुनकोशी नदीमा एक युवक बेपत्ता भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा ओख्लाङका १६ वर्षीय सविन राई बेपत्ता भएका हुन् ।
शनिबार दिउँसो पौडी खेल्ने क्रममा राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिए ।
उनका अनुसार सविनसँगै पौडी खेल्न गएका स्थानीय सागर राईले फोनमार्फत जानकारी गराएपछि बेपत्ता राईको खोजीमा स्थानीय र प्रहरी जुटेका छन् ।

























