सावा खोलामा बन्यो पुल

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ११, आइतबार ०६:३९

विराटनगर । खोटाङको खोटेहाङ र जन्तेढुङ्गा जोड्ने सावा खोलाको सडक पुल शनिबार उद्घाटन भएको छ । खोटेहाङ गाउँपालिका–७ र जन्तेढुंगा गाउँपालिका–५ जोड्ने उक्त पुल भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले उद्घाटन गरेका हुन् ।

पुल निर्माण भएपछि दुबै पालिकाबीचको प्राकृतिक नाकाबन्दी तोडिएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयको ८ करोड २१ लाख ७२ हजार ८९४ रुपैयाँ लागतमा उक्त पुलको निर्माण सम्पन्न गर्न प्रादेशिक सडकपुल सहयोग एकाई इटहरीको प्राविधिक सहयोग रहेको मन्त्रालयका सचिव अशोक साहले बताएका छन् ।

निर्माण व्यवसायी सुसम आदित्य बिजय निर्माण सेवा उदयपुरले २०८० वैशाख ११ गते पुल निर्माणको लागि ८ करोड ३ लाख ७८ हजार ७१५ रुपैयाँमा ठेक्का लिएको थियो । पुल निर्माण सम्पन्न भइसक्दा अन्तिम भुक्तानी भने ८ करोड २१ लाख ७२ हजार ८९४ रुपैयाँ भएको मन्त्रालयले जनाएको छ ।

दुई वर्षको समयावधिमा निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुल समयमै सम्पन्न भएको हो । ४१‍.४० मिटर लामो उक्त पुलको चौडाई ८.४० मिटर रहेको छ भने फुटपाथको चौडाई १.२० मिटर दुवैतर्फ रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.