अतिरिक्त समूहमा रहेका २३ उपसचिवलाई जिम्मेवारी

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ११, आइतबार १०:४५

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयमा अतिरिक्त समूह (जगेडा) मा रहेका २३ उपसचिवलाई जिम्मेवारी दिएको छ ।

शुक्रबार सचिवस्तरीय निर्णयबाट जगेडामा रहेका २३ उपसचिवलाई जिम्मेवारी दिइएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । मन्त्रालयले जिम्मेवारीमा रहेका तीन उपसचिवलाई जगेडामा तानेको छ ।

जिल्ला समन्वय समिति झापाका जिल्ला समन्वय अधिकारी अकबर प्रधान, कटारी नगरपालिका, उदयपुरका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौला, र जिल्ला समन्वय समिति स्याङ्जाका जिल्ला समन्वय अधिकारी रुकु शर्मा पौडेललाई मन्त्रालयमा तानेर मन्त्रालयले जगेडामा थन्क्याएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.