
काठमाडौं । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ जितवापुर गाउँमा पेस्तोलसहित २ जना युवा पक्राउ परेका छन् ।
शनिबार राति २ समूहबीच भएको झडपमा पेस्तोलसमेत भेटिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दीपक मगराठीले बताए । फक्राउ परेको युवकको पहिचान सार्वजनिक गरिएको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटना एक जना युवा घाइते भएका छन् । नियन्त्रणमा लिएका युवालाई इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको छ । घाइते युवाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।























