मोटरसाइकल आपसमा जुध्दा २ जनाको मृत्यु

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ११, आइतबार ११:००

काठमाडौं । बर्दियाको गुलरियामा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ। गुलरिया नगरपालिका–२ का अन्दाजी २८ वर्षीय देवानन्द यादव र टंकबहादुर बीसीको मोटरसाइकल दुर्घटनामा परी शनिबार राति १२ बजे मृत्यु भएको हो ।

यादवले चलाएको भे १३ प २६६९ नम्बरको मोटरसाइकल र बीसीले चलाएको भे ६ प ५४१ नम्बरको मोटरसाइकल मधुवन नगरपालिका–८ लालसिंह चोकस्थित एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी यादव र बीसीसहित तीन जना घाइते भएका थिए । घाइतेहरूलाई उपचारको लागि प्रहरीले बर्दिया अस्पताल पुर्‍याएको थियो । उपचारको क्रममा साढे १२ बजे यादव र बीसीको मृत्यु भएको हो ।

यादवसँगै मोटरसाइकलमा सवार रहेका घाइते ३२ वर्षीय अनुपम यादवलाई भने थप उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.