
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्यले उमेरहदका कारण अवकाश पाएका छन् ।
उनले ५६ बर्से उमेरहदका कारण अवकाश पाएका हुन् । प्रहरी नियमावली, २०७१ मा एआईजीले ५६ बर्से उमेरहदका कारण अवकाश पाउने व्यवस्था छ । आचार्यको अवकाश शनिबार राति १२ बजेबाट लागू भएको छ ।
अवकाश हुनुअघि उनी नेपाल प्रहरीको कार्यविभागमा कार्यरत थिए । उनी अवकाशमा जानुअघि नै रिक्त हुने पदमा भने डीआईजी सिद्धिविक्रम शाहको बढुवा सिफारिस भइसकेको छ ।

























