काठमाडौं जेठ १५ गते एमालेको नियन्त्रणमा : ओली

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ११, आइतबार १४:४२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ १५ गते काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका छन् ।

आज (आइतबार) बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यस दिन हुने राजावादीको आन्दोलनलाई समेत लक्षित गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।

राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्त्वहरू सलबलाउँदा एमालेहरूको मनोबल गिर्न नहुने उल्लेख गर्दै ओलीले लाज नमानीकन जनतालाई रैती हुन पाउँ भन्नेहरूले फैलाउने भ्रम चिर्न आग्रह गरे ।

अध्यक्ष ओलीले प्रतिगामीहरूले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहन पनि निर्देशन दिए । उनले भने, ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ, कसरी कुन संस्था अगाडि लाग्छ, त्यसलाई छाड्दिनुस् । आन्दोलनमा प्रोटोकल सोटोकलका कुरा हुँदैन । सबै एकैतिर अघि बढ्नुपर्छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.