व्यावसायिक प्रहरीको भूमिका निर्वाह गर्नु : डीआईजी कार्की 

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ११, आइतबार १८:२६

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण तथा अनुगमन गरेका छन् ।

निरीक्षण तथा अनुगमनका क्रममा डीआईजी कार्कीले जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई प्रमुखसहित प्रहरी कर्मचारीहरूलाई व्यावसायिक प्रहरीको भूमिका निर्वाह गरी समाजमा शान्ति सुरक्षा प्रदान गर्न निर्देशन दिए ।

प्रहरीले प्रदान गर्ने सेवा नागरिक मैत्री, पीडित मैत्री तथा सेवाग्राहीको हितलाई ध्यानमा राख्दै आम नागरिकमा प्रहरीप्रति विश्वास बढ्ने किसिमले आफ्नो जिम्मेवारी पूरा गर्न डीआईजी कार्कीको निर्देशन छ ।

उनले भारतीय सीमा क्षेत्रबाट हुने चोरी तस्करी, पुराना मुद्दाको अनुसन्धान पूरा गर्दै शान्ति सुरक्षालगायतको काम गर्न निर्देशन दिएका छन् ।

डीआईजी कार्कीले कार्यालयको विभिन्न शाखालगायत हिरासत कक्षको निरीक्षण र अनुगमन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरे ।

सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जिल्लाको शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावी कार्य योजना, सुरक्षा चुनौतीहरू र प्रदेश प्रहरी कार्यालयसँगको अपेक्षासहितको प्रस्तुतीकरण गरेका थिए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.