
काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लागु भएपछि नेकपा एमालेले पनि अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागु गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको हो ।
अनेरास्ववियुको आगामी २५–२८ जेठमा महाधिवेशन हुँदैछ । उमेर हद लगाउने निर्णयसँगै ३२ वर्षमाथिका सबै पदाधिकारी बाहिरिने छन् ।
नेतृत्वका दावेदार रहेका उपाध्यक्षहरू धर्म गिरी, मर्यादा बिष्ट, नारायण घर्ती र गोविन्द गिरी उमेर हदका कारण संगठनबाट बाहिरिएका छन् । महासचिव नरेश रोकाया पनि उमेर हदका कारण संगठनबाट बाहिरिएका छन् ।
पार्टीको निर्णयपछि अब ३२ वर्ष नपुगेका युवाहरुले नेतृत्वमा अवसर पाउनेछन् ।
























